दीपेन्द्र सुनार
झिमरुक । नेपाल मगर संघ झिमरुक गाउँपालिका प्यूठानको प्रथम अधिबेशन सम्पन्न भएको छ । मच्छीमा सम्पन्न भएको भेलाले दिपक पुनमगरको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा शान्त पुन मगर, सचिबवमा निम बहादुर पुन मगर, सह-सचिवमा राजु पुन र कोषाध्यक्षमा कमला पुन सर्वसम्मत चयन हुनुभएको छ ।
अधिबेशनमा झग बहादुर पुनको अध्यक्षता, नेपाल मगर संघ प्यूठानका अध्यक्ष देवीराम पुन मगरको प्रमुख आतिथ्यता, नेपाल मगर संघ प्यूठानका जिल्ला सदस्य तुल बहादुर पुनको विशेष आतिथ्यता रहेको कार्यक्रममा झिमरुक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुन, झिमरुक १ का वडा सदस्य प्रतिमान पुन लगायतको उपस्थित रहेको थियो ।



S.K. Creative Media Group