
बाँके । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको अध्यक्षमा अशोक थापा निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न भएको सातौं अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
उपाध्यक्षमा सोम गुरुङ, सचिवमा सुमन गिरी श्रेष्ठ, सहसचिवमा सुविता थारु, कोषाध्यक्ष दिपक राई चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा राजकुमार चौधरी, निर्मला चौधरी, कमल थारु, मिलन चौधरी, वीरबहादुर राना र निरन्जन राना रहनुभएको छ ।