
प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा ग्रामीण खानेपानी मर्मत संभारको लागि पलम्बिङ्ग तालिम सुरु गरिएको छ । शुक्रबार झिमरुक गाउँपालिकाको आयोजनामा एक हप्ते पलम्बिङ्ग तालिमको आयोजना गरिएको हो ।
तालिममा सिकेको सिपले भविष्यमा आय आर्जनमा टेवा पुग्नुको साथै सहभागीलाई आर्थिक रूपमा आत्मनिर्भरताको आधार बन्न सक्ने झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । पालिका आठै वडामा रहेका सानाठूला खानेपानी योजनाको काममा सहजता ल्याउन तथा बढ्दो बेरोजगारीलाई न्यूनीकरण गर्नका लागि स्थानीयलाई सीप प्रदान गर्ने उदेश्यले ग्रामिण खानेपानी मर्मत संभारको लागि पलम्बिङ्ग तामिमको आयोजना गरिएको पालिका अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा संचालित योजनालाई थप व्यवस्थित गर्दै दिगो बलियो बनाउन दक्ष जनशक्ति आवस्यक पर्ने भएकोले आर्थिक वर्षको बजेटबाट वडाबाट छनोट भइ आएका ब्यक्तिलाई पलम्बिङ्ग तालिम दिन लागिएको जानकारी दिनुभयो । तालिम लिएपछि सीप प्राप्त हुने र रोजगारीमा जोडिन सहजता ल्याउने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले सीप नै मानिसको रोजगारीको आधारशिला भएकोले सबैले आवश्यकता अनुसार सीप लिनु जरुरी रहेको बताउनुभयो । आफुलाई दक्ष बनाउन सहभागीले अनुशासित भएर तालिमबाट सीप सिक्न आग्रह गर्नुभयो । काम र पेशा सानोठुलो नहुने भन्दै सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने उहाँले बताउनुभयो । पलम्बिङ्ग तालिम पश्चात यस क्षेत्रमा रहेका खानेपानी संस्थामा आवद्ध उपभोक्ताहरुले सहज तवरले साना तिना मर्मत संभार गर्न सक्ने गरि सीप लिने प्रमुख प्रशासकीय अधिकृत थापालेले बताउनुभयो । स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन गरि दैनिकरुपमा रोजगार सृजना गर्ने काममा समेत तालिम फलदायी हुने बताउनुभयो।
सात दिनसम्म चल्ने तालिममा खानेपानी आयोजनाको दिगोपना कसरी बनाउन सकिन्छ र सीप बिकासमा आत्मनिर्भर दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने, खानेपानी मुख्यत मानिसको स्वास्थयसँग प्रत्येक्ष जोडिएको हुँदा यो तालीमले घर घरमा उपभोक्ता माझ सुरक्षित खानेपानी उपलब्ध गराउन सहज हुने, तालीमबाट खानेपानी आयोजनाको नियमित मर्मत सम्भार दिगोपना कायम गर्न सहयोग पुग्ने अपेक्षा पालिकाले लिएको छ।
गाउँपालिकाको ग्रामिण खानेपानी मर्मत संभारको लागि पलम्बिङ्ग तालिममा पढाई तथा सिकाईको माध्यमबाट सीप सिकाईने तालिम संयोजक तथा गाउँपालिका प्राविधिक सित्तल आचार्यले बताउनुभयो । खानेपानी योजना सञ्चालमा ल्याएको अवस्थामा सञ्चालीत योजनाको दिगोपनाको लागि तालिम संचालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडाबाट दुई जना गरि १६ जना तालिममा सहभागीता रहेको जानकारी दिनुभयो ।
झिमरुक गाउँपालिकाको सभा हल मच्छिमा फागुन २ गतेदेखि सुरु भएको तलिम ८ गतेसम्म चल्नेछ । तालिममा सहभागीलाई सैद्धान्तिक तथा प्रयोगात्मक तरिकाले सीप सिकाइने छ । गाउँपालिका इन्जिनियर अशोक जिसी, प्राबिधिक सित्तल आचार्य, वासुदेव गिरी र गौमुखी गाउँपालिकामा कार्यरत प्राबिधिक मदन रिजाल लगायतले तालिमको सहजीकरण गर्नुहुनेछ।