प्यूठान । जिल्लामा प्यूठान नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्डको उपाधी मुक्ति माध्यमिक बिद्यालय रातामाटाले जितेको छ । प्यूठान नगरपालिका-४ स्थित गणतान्त्रिक खेलमैदान बिजुवारमा ३ दिनसम्म संचालित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मुक्ति माध्यमिक विद्यालयले २४ स्वर्ण, ६ रजत, ५ कास्य पदक गरि कुल ३५ पदक हासिल गर्दै उपाधी हात पार्न सफल भएको हो ।
त्यस्तै त्यस्तै खेलकुद प्रतियोगितामा ९ स्वर्ण, १३ रजत र १३ काष्य गरि ३५ पदक जितेर जनता माध्यमिक बिद्यालय बाग्दुलाले द्धितिय हासिल गरेको छ भने, ७ स्वर्ण, ४ रजत र ७ काष्य गरि १८ पदक प्राप्त गदै बालबिद्या माध्यमिक बिद्यालय मरन्ठाना मजुवाले तृतिय स्थान हासिल गर्न सफल भएको हो ।
बिहीवारदेखि सुरु भएको खेलकुद प्रतियोगितामा प्यूठान नगरपालिका भित्र रहेका १२ सामुदायिक र ४ संस्थागत गरी १६ माध्यमिक विद्यालयको सहभागी रहेको थियो । रनिङ सिल्ड प्रतियोगितामा ५५ स्वर्ण, ५४ रजत, ५३ काष्य गरी कुल १ सय ६२ पदकमा प्रतिस्पर्धा भएको थियाे। खेलमा बिजेता खेलाडिहरुलाई प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर याेगि र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले सिल्ड, कप, मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो। खेलकुद प्रतियोगिता अवधिभर सहयोग गर्ने अम्पायर, रेफ्री लगायतलाई समेत स-धन्यबाद प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा प्युठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगिले पछिल्लो समय विद्यार्थीको खेल प्रतिको उत्साह बढेकोले थप हौसला र सम्मान गर्दै नगरपालिकले खेलकुदको क्षेत्रलाई थप व्यवस्थित गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मेयर योगिले खेलकुदमा विद्यार्थीले आफुलाई प्रतिस्पर्धाको माध्यमबाट अब्बल बनाउदै अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो। बिद्यालयले खेल क्षेत्रमा चासो बढाउन विद्यार्थीलाई शिक्षासँगै खेलकुदसँग जोडेर सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो। स्थानीय तहबाटै राम्रो खेलाडी उत्पादन गर्न त्यहाँका भौतिक पुर्वाधार सँगसँगै प्रशिक्षण, तालिम र खेलकुदका सामाग्री आवश्यक रहेकोले सबै बिकासमा स्थानीय सरकारले लागिपरेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले खेलकुद कार्यक्रममा अहाेरात्र खटेर प्रतियोगिता सम्पन्न गर्ने सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ। प्रतियोगितामा आफ्नो खेलकुदमा राम्रो प्रदर्सन गर्दै बिजेता खेलाडिहरुलाई बधाई दिनुभयो। जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुन जमनकाे लागि खेलाडीलाई कम्तिमा एक हप्ता प्रशिक्षण दिएर राम्रो खेलाडी उत्पादनमा जोड दिने बताउनुभयो।



S.K. Creative Media Group