प्यूठान । नमस्ते प्यूठान यातायात सेवा प्रालिले सन्चालन गर्दै आएको प्यूठान-काठमाडौं एसी बस सदरमुकाम खलंगाबाट छुट्न थालेको छ । प्रालिले आईतवारदेखी खलंगाबाट बस सेवा सन्चालनमा ल्याएको हो ।
“बाटो लगायत प्राविधिक कारणले खलंगाबाट एसी बस छुटाउन सकेका थिएनौं,” अध्यक्ष लिलापसिंह केसीले भन्नुभयो,”अब निरन्तर सेवा संचालन हुन्छ ।” प्रालिले जिल्लाका यात्रुलाई गुणस्तरीय सेवा दिने उद्देश्यले असर २१ बाट नयाँ एसी बस थप गरि सेवा दिदै आएको अध्यक्ष केसीले बताउनुभयो ।
खलंगाबाट प्रत्येक दिन दिउँसो ४:०० बजे काठमाडौंका लागि एसी बस छुट्ने नमस्ते प्यूठान यातायात सेवा प्रालिका कार्यालय प्रमुख दिल बहादुर दसौदीले जानकारी दिनुभयो । खलंगाबाट काठमाडौंका लागि २ हजार रुपियाँ भाडादर तय गरिएको उहाँले बताउनुभयो ।
प्रालिले दैनिक २ वटा बसले नियमित रुपमा प्यूठान-काठमाडौंका लागि सेवा दिदै आएको उहाँको भनाई छ । प्रालिको ५ वटा एसी बस र ५ वटा डिलक्स बस रहेका छन । बाग्दुलाबाट बेलुका ५ बजे डिलक्स छुट्ने गरेको प्रालिले जनाएको छ ।



S.K. Creative Media Group