काठमाडौं । काठमाडौं सहित देशका विभिन्न स्थानमा भूकम्पको ठुलो धक्का महुसुस भएको छ । आज बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार सिन्धुपाल्चोकको भैरकुण्ठ आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो भूकम्पको धक्का देशभर महसुस भएको छ । सर्वसाधारण सुतिरहेको समय मध्ये राती भूकम्पको ठुलो धक्का महसुस भएसँगै त्रसित भएका छन् । भूकम्प गएपछि उपत्यकामा मानिस घरबाट निस्किएर होहल्ला गरेका थिए ।
यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेको छ। भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।



S.K. Creative Media Group