प्युठान ।  न्यूनतम स्वास्थ्य मापदण्ड कार्यक्रम अन्तर्गत माण्डबी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुको एक टोलीले तोरबाङ स्वास्थ्य चौकीमा मंगलबार अबलोकन भ्रमण तथा सिकाई आदान प्रदान कार्यक्रम गरेको छ। दिगो बिकास लक्ष, स्वास्थ्य सुधारको अवधारणा, गुणस्तरीय स्वास्थ्य सेवा र जनतालाई सर्वसुलभ उपचार सेवाको पहुँचमा सुधार ल्याउन गरिएका असल अभ्यास, अनुभव र सिकाइ के छ भनेर हेर्ने सिक्ने लक्ष सहित अवलोकन भ्रमण गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका कोल्चेन प्रमुख कौशल राज बैधले स्वास्थ्य क्षेत्र निकै संबेदनसिल क्षेत्र भएकोले नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको जिम्मेवारी अहम् भएकोले सोही अनुसार काम गर्नुपर्ने बताउनुभयो । हामिले दिने सेवा कार्यालय ब्यवस्थापन, जनशक्ति ब्यवस्थापन, दैनिक कार्यको रेकर्डिङ, उपचार सेवा, खोप कार्यक्रमलाई थप व्यवस्थित गर्दै लगेमा उत्कृष्ट स्वास्थ्य संस्था बनाउन समय नलाग्ने बताउनुभयो ।

झिमरुक गाउँपालिकका स्वास्थ शाखा प्रमुख विकास केसीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा र सर्वसुलभ उपचार सेवाको पहुँचमा ल्याउन स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड कार्यक्रमको भुमिका महत्त्वपूर्ण भएको बताउनुभयो । स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड कार्यक्रम लागू भएपछि झिमरुक गाउँपालिकाले मापदण्ड अनुसार सुरुआत देखिनै तोरबाङ स्वास्थ्य चौकी सहित अन्य स्वास्थ्य चौकीमा सेवा प्रारम्भ गर्दै आएका छौं । उहाँले भन्नुभयो, “ब्यवहारिक रुपमा नै तोरबाङ स्वास्थ्य चौकीबाट सुरु भएको छ ।” उहाँले स्वास्थ्यकर्मीलाई एक अर्काबीच अन्तरघुलन गराइ सिकार आदानप्रदान गराउन पनि यो कार्यक्रमको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । दक्ष जनशक्ति, पर्याप्त भौतिक पुर्वाधार, स्रोत सामाग्री भएपनी ब्यवस्थापनमा चुस्तदुरुस्त भएन भने स्वास्थ्य संस्थालाई राम्रो बनाउन नसकिने भएकोले स्वास्थ्यकर्मीले गुणस्तरीय सेवा र कार्यालय ब्यवस्थापनलाई समेत ख्याल् गर्नुपर्ने बताउनुभयो ।

अवलोकन भ्रमणमा आउनुभएको माण्डबी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धुर्बराज पोख्रेलले झिमरुक गाउँपालिका-६, स्थित तोरबाङ स्वास्थ्य चौकी जिल्ला कै नमूना र उत्कृष्ट स्वास्थ्य चौकी रहेकोले यहाँबाट हामी सबैले धेरै सकारात्मक कुराको सिकार उपलब्धि पाएको बताउनुभयो। राम्रो अभ्यास र सिकाइको सिको गर्ने र सुधार गर्नुपर्ने बिषयबस्तुमा सबैले सुधार गर्दै गएमा उत्कृष्ट स्वास्थ्य संस्था बनाउन सकिने बताउनुभयो ।

अवलोकन भ्रमणमा गएका स्वास्थ्यकर्मीलाई ३ ग्रुपमा बिभाजन गर्ने सुचक अनुसार राम्रो, नराम्रो र सुधार गर्नुपर्ने पक्षमा समुहगत छलफल गरिएको थियो । समग्रमा स्वास्थ्य संस्थाले गरेका हरेज कार्य मापदण्ड पूरा गरेको पाइएको देबिस्थान स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक गिर बहादुर नेपालीले बताउनुभयो ।

त्यस्तै स्वास्थ्य संस्थाले सबै ब्यवस्थापन राम्रो भएकोले सिकाई उपलब्धि भएको मर्काबाङ स्वास्थ्य चौकीकी अनमी अनिता बस्नेतले बताउनुभयो । छवि सुनारले अवलोकन गर्दा हरेक बिषयको तथ्यांक ब्यवस्थित गरिएको, स्टोर, उपचार कक्ष, डेलिभरी कक्ष, बालबालिका कक्ष, परामर्श कक्ष, स्वास्थ्यकर्मी खटनपटनको ब्यवस्थापन र सरसफाइ लगायत समग्र पक्षमा राम्रो देखिएको बताउनुभयो । उहाँले सानो ठाउँ भएपनि ब्यवस्थापन गर्न सकियो भने राम्रो गराउन सकिने बताउनुभयो ।

हरेक समयमा तोरबाङ स्वास्थ्य चौकीमा अन्य पालिकाहरुबाट अबलोकन गर्न आउँने क्रम बढदो छ। गत वर्ष गुल्मीको मालिका गाउँपालिका र प्युठानको गौमुखी गाउँपालिकाबाट सिकाई आदान प्रदान तथा अबलोकन गर्न स्वास्थ्यकर्मी सहितको टिम आएर अवलोकन गरेको थियो।

झिमरुक गाउँपालिका-६ का वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका कोल्चेन प्रमुख कौशलराज बैध, झिमरुक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिकास केसी, माण्डवी गाउँपालिकाका स्वास्थ्य प्रमुख धुर्बराज पोख्रेल, स्वास्थ्यकर्मी सहितको टिमको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण तोरबाङ स्वास्थ्य चौकी प्रमुख सुमित्रा (थापा) ढकालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय