
प्यूठान । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाले ऐरावती गाउँपालिका-६ बिजुलीमा रहेको जनता माध्यमिक विद्यालयमा ‘ग्लोबल मनी वीक-२०२५’ अन्तर्गत वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बैंकले वित्तिय साक्षरता प्रदान गरेको हो । सो अवसरमा बोल्दै बैंक शाखा प्रबन्धक श्रीधर पोख्रेलले वित्तिय साक्षरता कार्यक्रम गरिएको र यसका अलवा अन्य समयमा पनि बैंकले साक्षरता कार्यक्रम, सामाजिक सेवाका कार्यक्रम गर्दै आएको बताउनुभयो । त्यस्तै वित्तिय सचेतना सम्बन्धि राम्रो ज्ञान प्राप्त गर्न सके आर्थिक क्रियाकलाप र व्यवस्थापनमा सहज हुने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक खडानन्द पौडेलले वित्तिय कार्यक्रमले विद्यार्थीहरुमा व्यवहारीक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद दिनुभएको थियो । साथै निकट भबिस्यमा अन्य स्थानमा पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने बैंकका शाखा प्रवन्धक पोख्रेलले बताउनुभयो ।