प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले स्थानीय तहको लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि नीति निर्माणको तयारीका लागि कार्यशाला गोष्ठी शुर गरिएको छ । बुधबार झिमरुक गाउँपालिकाको आयोजना र युएसएआइडी किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम तथा मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र नेपालको आर्थिक सहयोगमा समानुपातिक समावेशी समतामूलक समाज निर्माण गर्ने उदेश्यले लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि नीति निर्माणको लागि कार्यशाला गोष्ठी गर्न लागिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले मानिसको सबैभन्दा महत्वपूर्ण बिषय स्वास्थ्य क्षेत्र भएकोले स्थानीय सरकारले यो क्षेत्रमा जिम्मेवार भएर काम गरेको बताउनुभयो । जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउने गरि काम गर्ने उहाँले बताउनुभयो। अध्यक्ष एमसीले गाउँपालिकाले स्वास्थ्य नीति ल्याउने तयारीमा रहेकोले यो कार्यशाला गोष्ठीले स्वास्थ्य नितिको लागि मार्गनिर्देश गर्ने बताउनुभयो ।

असरकारले २०३० सम्म दिगो बिकास लक्ष्यलाई फाइदा पुग्ने गरी लिएको नितिलाई झिमरुकले स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सवालमा मसिनो गरि सबै पक्ष संग छलफल गर्ने बताउनुभयो । सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्यान कसरी सकिन्छ भन्नेमानै पालिका गम्भीर भएर लाग्ने उहाँले बताउनुभयो। “स्वास्थ नीति बनाउदा स्थानीय सरकार चुक्नु हुदैन।” उहाँले भन्नुभयो, “त्यसको लागि स्थानीय तहले ल्याउन लागेको स्वास्थ्य नितिलाई जनपक्षीय बनाउने छौं।”

लैङ्गकि समानताको बिषयलाई ध्यान दिएर काम गर्नुपर्ने उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैको योगदानबाट राम्रो बनाउने लागौं।” जनप्रतिनिधिहरुले अपनत्व लिएर कार्यक्रमलाई सफल बनाउन समेत अनुरोध गर्नुभयो ।

कार्यशालामा किशोर किशोरीहरुलाई घर परिवार तथा समुदायवाट स्वस्थ्य व्यवहारको अभ्यास द्धारा उनीहरुको आफ्नो पुर्ण सक्षमतामा पुर्याउन सहयोग गर्ने र यसका साथै सार्वजनिक प्रणाली एवं नीजि संस्थाहरुलाई किशोर किशोरी मैत्री सेवा, सुविधा प्रदान गर्दै उत्पादकत्व बृद्धिको निम्ति सवलिकरण गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।

त्यस्तै घरायसी तथा सामुदायिक तहका सकारात्मक समाजिक मान्यतावाट किशोरकि शोरीहरुलाई सहजिकरण गर्दै स्वस्थ्यकर व्यवहार अपनाउने अभ्यासमा अभिबृद्धि गर्ने, किशोरकिशोरीहरुको लागि गुणस्तरिय परिवार योजना र प्रजनन स्वास्थ्य सेवा सुविधा तथा उत्पादकत्व बृद्धि र पहुँचमा अभिबृद्धि गर्ने, सफल तथ्यांककीय अवधारणामा सार्वजनिक र नीजि क्षेत्रहरु मार्फत किशोर किसोरी प्रजनन स्वास्थ्य सेवालाई संस्थागत गर्दै लैजाने उदेश्यका सात कार्यक्रम गर्न लागिएको जेसी विशेषज्ञ नर बहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।

जेसी विशेषज्ञ बिश्वकर्माका अनुसार स्थानिय सरकारको नेतृत्वमा लैगिंक असमानता तथा हानिकारक सामाजिक मूल्यमान्यतामा परिवर्तन ल्याउदै समुदाय स्तरमा हुने बालविहाह न्युनिकरणका लागि नितिगत ब्यवस्था गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । तीन दिन सम्म चल्ले गोष्ठीको सहजीकरण जेसी विशेषज्ञ नर बहादुर बिश्वकर्मा, स्वास्थ्य शाखा प्रमुख बिकास केसी, महिला बालबालिका शाखा प्रमुख यामलाल पोख्रेलले गर्नुभएको थियो ।

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथी गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि पोख्रेल, शाखा प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र नेपालका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, संघ संस्थाका प्रतिनिधि कर्मचारी पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

मस्यौदा तयारी गर्न कार्यदल गठन

जिल्लाको झिमरुक गाउँपालिकाले स्थानीय तहको लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि नीति निर्माणको मस्यौदा तयारीका लागि गाउँपालिका स्तरीय कार्यदल गठन गरिएको छ । झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलको संयोजकत्वमा ११ सदस्यीय मस्यौदा तयारीका लागि कार्यदल गठन गरिएको हो। सदस्यहरु क्रमश कृष्ण बहादुर जिसी, तुलस बहादुर बस्नेत, तुलसा केसी, दधिराम पोख्रेल, यामलाल पोख्रेल, चोप बहादुर बिक, मोहन बिसी, नारायण लाल श्रेष्ठ, संगीत परियार र संगीता जिसी रहनुभएको छ ।

त्यस्तै लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि नीति निर्माणको मस्यौदा तयारीका लागि गाउँपालिका स्तरीय कार्यदललाई सहजीकरण गर्न वडा स्तरीय मस्यौदा तयारी कार्यदल गठन समेत गरिएको छ । यो कार्यदलमा वडा अध्यक्ष संयोजक रहने छन, भने वडा सचिब र एक जना महिला वडा सदस्य गरी तिन सदस्यीय वडा स्तरीय कार्यदल गठन गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय