प्युठान । जिल्लाको झिमरुक गाउँपालिका-६, दहखोला स्थित लामखोरिया सामुदायिक बनमा भीषण आगलागी भएको छ। हिजो बुधबार बेलुका करिब साडे ७ बजेदेखि लामखोरिया सामुदायिक बन क्षेत्रको रातधारा र तोरवाङ बिच जङ्गलबाट आगलागी भएको हो ।
आगलागी भएको थाहा पाएलगत्तै स्थानीयले आगो निभाउने पर्यास गरेपनी बनमा लागेको आगलागी अनियंत्रित भइ आगो निभाउन नसकेपछि स्थानीयले सहयोगको लागि प्रहरीलाई खवर गरेको वडा सदस्य मित्रु गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मरन्ठाना प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रामबहादुर आलेको कमाण्डमा प्रहरी टोली पुगेको छ। प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने पर्यास जारी राखेको बताउनुभयो ।
रातिको समय र भीषण आगलागी भएकोले आगो नियन्त्रण गर्न समस्या भएको प्रहरीले जनाएको छ । अहिले घर गोठ जोगाउने पर्यास गरिएको छ । दहखोला र तोरबाङको गाउँ जङ्गल छेउमा भएकोले केही घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म जङ्गलमा लागेको आगो गाउँ बस्न नदिएको जानकारी दिनुभयो । जङ्गल जलेर नष्ट भएपनी अन्य अप्रिय घटना र क्षति नभएको वडा सदस्य गिरीले जानकारी दिनुभयो । आगलागी गराउने ब्यक्तिको खोजी भैरहेको छ ।



S.K. Creative Media Group