प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा आदिवासी जनजातिलाई जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित एक दिने अभिमुखीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ। शुक्रबार झिमरुक गाउँपालिका-६ तोरबाङ्गको आयोजनामा जनजाति अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
समापन कार्यक्रममा वडा अध्यक्ष धन बहादुर पुनले सामाजिक रुपमा सक्रिय र सशक्त बन्न सहयोग पुग्ने बताउनुभयो। जनजातिले आफ्नो सामाजिक रुपान्तरणमा अग्रणी भुमिका निर्वाह गर्दै जानुपर्ने बताउनुभयो । उहाँले हरेक क्षेत्रमा जनजातिको नेतृत्व अपरिहार्य रहेकोले जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभयो । त्यसको लागि वडाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिममा झिमरुक गाउँपालिका-६ का ८३ जना अगुवा जनजातिहरुको सहभागिता थियो। सहभागीहरूलाई जनजातिको भुमिका, अधिकार, कानुनी शिक्षा, जनजातिको परिचय, जनजातिको ऐतिहासिक तथा सांस्कृतिक विषय लगायतमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
समापन कार्यक्रममा सहभागीले तालिममा प्राप्त अनुभव, ज्ञान र सीपलाई व्यवहारिकरुपमा लागु गरेमात्र तालिकको औचित्य पुष्टि हुने बोल्ने बक्ताहरुले बताउनुभयो ।
वडा सदस्य खिम कुमारी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सहजीकरण डा. भोज बिक्रम बुढाले गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य राधिका बिक, वडा सचिब राम कुमार चौधरी, पशु प्राविधिक जयन्ता गिरी र अगुवा जनजाति लगायतको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group