प्यूठान । झिमरुक गाउँपालिका-२ का अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले वडाबासीको न्यूनतम विद्युत्त महशुल आफूले तिरिदिने घोषणा गर्नुभएको छ। आफ्नी स्वर्गिय आमा डिलकुमारी पोख्रेल (शान्ता) को सम्झनामा उहाँले आफूले बुझ्ने सेवा सुविधाबाट न्युनतम विद्युत्त महशुल भूक्तानी गर्ने घोषणा गर्नुभएको हो ।

वडा अध्यक्ष पोख्रेलले आफ्नो जन्मदिनको अवसर परेर उक्त योजना सार्वजनिक गरेको बताउनुभयो । ‘यो सानो प्रयास स्वर्गीय आमाको आत्माको चिरशान्तिको कामना र समाजप्रतिको कर्तव्यबोधबाट प्रेरित हो’,पोख्रेलले भन्नुभयो,‘यसबाट वडाबासीहरुले न्यूनतम शुल्क बुझाउन सयौँ खर्च र  झन्झट बेहोर्नु नपर्ने भएकाले, साधारण जीवनमा सानो भए पनि राहत मिल्ने विश्वास लिएको छु ।’

योजनाबाट झिमरुक गाउँपालिका-२ का कुल ७ सय ८ घरधुरी प्रत्यक्ष लाभांवित हुने बताएको छ । स्थानीयको न्युनतम विद्युत महसुल वाफत वार्षिक करिव २ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यो खर्च भने पालिकाबाट मासिक आउने आफ्नो सेवा सुबिधाबाट उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । पोख्रेलको आमा कोरोनाको संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय