प्युठान । झिमरुक गाउँपालिका–४ बौडा प्यूठानका ज्ञान बहादुर केसीले बुटवलमा कार्बन क्लिनिङ वर्कसप संचालनमा ल्याउनु भएको छ । क्लिनिङको एक कार्यक्रमका बीच सोमबार उहाँकी ७ वर्षीय छोरी आकांक्षा केसीले उद्घाटन गर्नुभएको हो ।

अलि छुट्टै तथा नौलो व्यवसायको रुपमा बुटवल उपमहानगरपालिका–९, फाइनान्सचोकमा स्वर्गद्वारी कार्बन क्लिनिङ वर्कसपको प्युठानका युवा व्यवसायी ३३ वर्षिय केसीले सुभारम्भ गर्नुभएको हो ।

सवारीसाधनहरु प्रयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि सानो कुरामा ख्याल नगर्दा लाखौँ, करोडौँका साधनहरु विग्रने समस्यालाई मध्यनजर गर्दै पहिलोपटक क्लिनिङ वर्कसप संचालन गरिएको केसीको भनाई छ । ‘पश्चिम नेपालका धेरै ठाउँमा यस्तो खालको क्लिनिङ खुलेका छैनन्’,केसीले भने,‘बुटवलमा यो निकै फरक खालको व्यवसाय हो ।’

मोटरसाइकल, कार, जीप लगायतका गाडीहरुको यहाँ क्लिनिङ गर्ने गरिन्छ । गाडीको क्लिनिङ गरिसकेपछि तेल कम खाने, पिकअप बढ्ने, सफा गरिसकेपछी नयाँ गाडिको जस्तै ईन्जिनको महशुस हुने, आरपिएम घटवट भएको ठिक हुने, गाडीको ‘स्टाटिङ’ राम्रो हुने, भाइब्रेसन कम गर्ने फाइदा रहेको व्यवसायी केसीले जानकारी दिनुभयो ।

त्यस्तै, इन्जिनको पाट्सलाई सुरक्षित गराई त्यसको आयु बढाउने, गाडीबाट निस्केर मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने ग्यास कम फाल्ने र वातावरणलाई स्वच्छ राख्ने, कालो धुवा फाल्न कम हुने र एक पटक सफा गरिसकेपछि कम्तीमा दश हजार किलोमिटरसम्म सफा गर्न नपर्ने लगायतका बहुउपयोगी फाइदा यसमा रहेको केसीले सुनाए । उक्त व्यवसाय संचालनका लागि करिव १० लाख रुपैयाँ लगानी भएको उहाँले बताउनुभयो ।

केसी विगत १०, १२ वर्ष अगाडिदेखि प्यूठान खलंगास्थित मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र लगायत गैर सरकारी संस्थामा कार्यरत हुनुहुन्थ्यो । उहाँले जागीर छाडेर आफ्नै लगानीमा व्यवसाय सुरु गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय