प्युठान । प्युठानको झिमरुक गाउँपालिकाको गाउँसभाको १९ औं अधिबेशन सम्पन्न भएको छ। अधिवेशनको सोमबार बसेको गाउँ सभाले तीन कार्यविधि पारित गरेको हो ।
गाउँसभाको १९ औं अधिबेशनमा प्रस्तुत गाउँ सभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि २०८२, बेरुजु फर्छ्यौट कार्यविधि २०८२ र लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२ सभाको अधिबेशनले पारित गरेको गाउँसभाका सदस्य सचिब तथा प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो ।
त्यस्तै विनियोजना ऐन २०८२ र आर्थिक ऐन २०८२ लाई संशोधन गरेको छ। गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक २०८२, सार्वजनिक खरिद नियमावली २०८२, गाउँ सभाको अधिबेशनले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सेजुवालले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सेजुवालका अनुसार चालू आर्थिक वर्षका केहि कार्यक्रम संशोधन, रकमान्तर र स्रोतान्तर समेत गरिएको जानकारी दिनुभयो।
सभाका अध्यक्षसमेत रहनु भएका गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले गाउँपालिकाको समग्र विकास, सुशासन तथा जनताको जीवनस्तर सुधारका लागि निरन्तर प्रयत्नशील रहेको बताउनुभयो । उहाँले भौतिक पुर्वाधार अन्तर्गत सडक, खानेपानी, सिंचाइ, स्वास्थ्य तथा शिक्षामा प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको संशोधन, रकमान्तर र स्रोतान्तर प्रस्ताव, २०८२ सभामा पेश गर्नुभएको थियो। उक्त प्रस्ताव सभाको अधिबेशनले पारित गरेको छ ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा बसेको अधिबेशनमा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, सभाका सदस्य, शाखा प्रमुख, वडा सचिब, प्राबिधिक लगायतको उपस्थिति रहेको थियो ।





S.K. Creative Media Group