प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले ७ दिने मुढा बनाउने सिप बिकास तालिम शुरु गरेको छ । तालिमको सोमबार एक कार्यक्रम बिच गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले व्यानर पढेर उद्घाटन गर्नुभएको हो ।

तालिम उद्घाटन गर्दै झिमरुक गाउँपालिकाका अध्यक्ष महतरा क्षेत्रीले सीप सिकेर स्थानीय महिलाहरु आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । तालिकाको उद्घाटन गर्दै उहाँले सीप सिक्नु मात्रै नभएर सिकेको सीपलाई व्यवहारमा लागुगर्न सकेमात्र तालिकाको उपलब्धि हासिल हुने बताउनुभयो । सहभागी महिलाहरुलाई अनुशासन भएर सीप सिकेर स्वरोजगार बन्नेतर्फ लाग्न आग्रह गर्नुभयो ।

सीप सिकेर उदाहरणीय उद्यमका रूपमा स्थापित हुन समेत अध्यक्ष एमसीले सहभागीलाई आग्रह गर्नुभयो। उहाँले मुढा बनाउने सीपलाई दीगो रूपमा अघि बढाउन स्थानीय सरकारले सहयोग गर्दै आएको जानकारी समेत दिनुभयो।

सीप पूरा गरेपछि उत्पादन गरेका सामाग्री बिक्रीवितरण हुन्न कि भन्ने चिन्ता नलिनुस । उहाँले भन्नुभयो, “स्थानीयले त्यो विषयमा सहजीकरण गर्छ ।” यो कार्यक्रम मार्फत सीप सिकाएर उद्यमीका रूपमा स्थापित गर्ने भएकोले जिम्मेवार र अनुशासित भएर ज्ञान सीप लिन सहभागीलाई अनुरोध गर्नुभयो।

झिमरुक गाउँपालिकाको आर्थिक सहयोग र ओखरकोट सामुदायिक अध्यायन केन्द्रद्वारा सञ्चालित ७ दिने मुढा बनाउने सिप बिकास तालिम शुरु गरिएको संस्थाको कर्मचारी राधा भट्टराईले जानकारी दिनुभयो ।

ओखरकोट सामुदायिक अध्यायन केन्द्रका अध्यक्ष नरेश बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री रहेको थियो भने विषेश अथितिको रुपमा वडा नम्बर ५ का वडा अध्यक्ष दधिराम पोख्रेलको रहेको थियो ।

संस्थाका सदस्य बालाराम पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण रामचन्द्र भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षकको रुपमा आसा जिसी र शर्मिला थापा रहनुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी लगायत झिमरुक गाउँपालिका- ५ का स्थानीय १५ जना महिलाहरु सीप सिक्नको लागि सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय