दमौली । तनहुँको आँबुखैरेनीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान आँबुखैरेनी गाउँपालिका-१, गिरौनचोरस्थित भित्री सडकखण्डमा जन्ती बोकेर जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बरादी-हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक खाँणले बताउनुभयो । गाडी एक्कासि अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेको थियो ।
जिप दुर्घटना घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।