प्यूठान । प्यूठान नगरपालिका-४ जुम्रीमा बेबारिसे अबस्थामा फेला परेको शिशुको हेरचाह गर्न इक्छुक ब्यक्ति वा परिवारलाई निबेदन दिन माग गरिएको छ । प्यूठान नगरपालिकाको स्थानीय बाल अधिकार समितिले ७ दिन भित्र आवश्यक कागजात सहित निबेदन दिन सूचना प्रकाशित गरेको हो ।

नगरपालिकाको स्थानीय बाल अधिकार समितिको बैठक बसेर उक्त निर्णय गरि सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

बच्चा(छोरी)लाई अहिले जिल्ला अस्पताल बिजुवारमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय