मित्र थापा
गौमुखी । प्यूठानमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका-२ अर्खा ठुलाचौर निवासी पुतला सुनारको शनिबार माथिल्लो मधिसे किनाम भिर बाट घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।
पुतली सुनारका श्रीमान सूर्य कुमार सुनार साउदी अरब गएको १ वर्ष भएको छ । भने, ३ छोरा १ छोरी रहेका छन् । ३६ वर्षीया
सुनारको साथमा घाँस काट्न गएका माइलो छोरा तुलाराम सुनारले भीरबाट लडेर मृत्यु भएको जानकारी आफन्तलाई गरेका थिए ।
जानकारी भए लगत्तै घटनास्थलमा भतिज ज्ञान बहादुर सुनार सहितको टोली पुगेको थियो । मृतक सुनारका जेठो छोरा तीर्थ बहादुर भारतमा रहेका छन् । माइलो छोरा तुलाराम कक्षा ५ मा, छोरी यमी सुनार कक्षा ७ मा र कान्छो छोरा विस्न सुनार कक्षा १ मा गौमुखी आधारभुत विद्यालय ठुलाचौरमा अध्यनरत रहेको ज्ञान बहादुर सुनारले जानकारी दिनुभयो ।