बाग्लुङ । जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रिबस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । सोमबार रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस मध्यपहाडी लोकमार्ग अन्तर्गत जाउले पानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा जिल्ला दाङ बस्ने बर्ष १८ को लक्कि पुन मगर, जिल्ला पश्चिम रुकुम मुसिकोट नगरपालिका-१ बस्ने वर्ष २७ की विनिता के.सी. उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सवारी धनि रुकुम पश्चिम मुसिकोट नगरपालिका-२ रातामाटा बस्ने बबि ददेल नेपाली, रुकुम पश्चिम मुसिकोट नगरपालिका-४ सोलाबाङ बस्ने वर्ष ३५ की टिका के.सी., रुकुम पश्चिम मुसिकोट नगरपालिका-३ साँख बस्ने कल्पना के.सी., रोल्पा घर भएको सुवाष गौतम (मानसिंह बि.क.) (चालक), जिल्ला गोर्खा घर भएको गिता थापा, जिल्ला ललितपुर घर भएको सुजन महर्जन, रुकुम पूर्व सिस्ने गाउँपालिका-५ रुमालबारा बस्ने बर्ष २५ को बिक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभएको छ ।
त्यस्तै घाईते हुनेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ बस्ने बर्ष ५२ को दसरथ नेपाली, आठबिसकोट नगरपालिका-१ बस्ने बर्ष २६ को पुष्कर बुढा, मुसिकोट नगरपालिका-१ बस्ने बर्ष ३० को छकेन्द्र जंग सेन, गुल्मी मदाने गाउँपालिका-१ बस्ने बर्ष २४ को गोबिन्द बोहरा (सह-चालक), मुसिकोट नगरपालिका-७ बस्ने बर्ष ३५ को हिम बहादुर पाण्डे, गुल्मी मालिका गाउँपालिका-१ बस्ने बर्ष ५० को बल बहादुर पुन, सुर्खेत पञ्चपुरी नगरपालिका-८ बस्ने बर्ष २६ को लक्ष्मण बोग, रुकुम पश्चिम बस्ने बर्ष २२ को टिकाराम बि.क., रुकुम पश्चिम बोतलिवाङ गाउँपालिका-११ बस्ने बर्ष २२ कि सबिना पुन मगर, रुकुम पश्चिम बस्ने बर्ष ३८ को हेमराज के.सी. मुसिकोट नगरपालिका-३ बस्ने बर्ष २४ को गणेश खड्का, काठमाण्डौ टो.खा.नगरपालिका-३ बर्ष २३ कि श्रीष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-३ बस्ने बर्ष २८ को आविस्कार धराला, रुकुम पश्चिम मुसिकोट नगरपालिका-३ बस्ने बर्ष २७ कि सरिता खड्का, ऐ. बस्ने महिना ३ की ज्ञानु ढकाल, ललितपुर महानगरपालिका १४ बस्ने बर्ष २४ कि अनुज्ञा भट्टराई, रुकुम पश्चिम मुसिकोट नगरपालिका-४ बस्ने बर्ष ४६ कि बिना शर्मा, सोही ठाउँ बस्ने बर्ष ४४ कि कमला केसी, बस्ने बर्ष २० कि लक्ष्मी पुन मगर, ऐ. ३ बस्ने बर्ष ५५ को लिला के.सी. ऐ. बस्ने बर्ष ३० को ससिराम खड्का, रुकुम पश्चिम तलाखेत नगरपालिका-४ बस्ने बर्ष १८ कि सपना वली, मुसिकोटनगरपालिका-३ बस्ने बर्ष ६० को हर्क बहादुर केसी, सानोभेरी गाउँपालिका-१ बस्ने बर्ष २६ को दिनेश खड्का, जिल्ला सिन्धुपाल्चोक जुगाल गाउँपालिका-२ बस्ने बर्ष २६ को देवेन्द्र रिजाल, रुकुम पश्चिम मुसिकोट नगरपालिका-७ बस्ने वर्ष २१ की सोभा थापा रहेको डिएसपी केसीले जानकारी दिनुभयो ।
घाइते केहिको मणिपाल अस्पताल पोखरा रीफर, गरि उपचार भैरहेको र केहिको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । हाल सम्म बसमा सवार-नाबालिका सहित ३५ जना सवार मध्य २१ जना घाईतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको सबैको अवस्था मध्यम रहेको छ । ५ जना घाईते मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ भने उनको अवस्था अलि गम्भिर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ९ जनाको मृत्यु भएकोमा ४ महिला, ५ पुरुष छन । ती मध्य ७ जनाको घटनास्थलमा मृत्यु भएको थियोे । सो ७ शव पूर्वी रुकुम पठाईएको, प्रा.स्वा.के.बुर्तिवाङमा उपचारको क्रममा मृत्यु भएको २ जनाको शव सोही प्रा.स्वा. केन्द्रको शव गृहमा राखिएको बागलुङ प्रहरीले जनाएको छ ।
पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस मध्यपहाडी लोकमार्गदेखि अन्दाजी एक सय ५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले बताउनुभयो। दुर्घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।