दाङ । दाङमा करेन्ट लागेर तीन जनाको ज्यान गएको छ । राप्ती गाउँपालिका-३ मसुरियास्थित विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

स्थानीय ५५ वर्षीय दिलसरा केसी र उहाँका ४ वर्षीय नाति ईश्वर केसीको घटनास्थलमा मृत्यु भएको र ६० बर्षिय हजुरबुवा गोरखबहादुर केसीको बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिनुभयो ।

हजुरआमा र नाति घरको आगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । नातीलाई करेन्टबाट छुटाउने क्रममा हजुर आमालाई करेन्ट लागेको, नाती र श्रीमतीलाई करेन्टबाट छुटाउने क्रममा ६० बर्षीय गोरखबहादुर केसीलाई पनि करेन्ट लागेको स्थानीयले बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको ११ केभिको हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ । विद्युतको तार अव्यवस्थित र पुरानो हुँदा दुर्घटना भएको भन्दै तार व्यवस्थित गर्न स्थानीयले माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय