प्यूठान । आजदेखी शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) शान्तिपूर्ण रुपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले जनाएको छ ।
आज पहिलो दिन अंग्रेजी विषयको परीक्षामा जिल्लामा ७७ जना अनुपस्थित भएका छन् । कार्यालयका अनुसार ४१ जना छात्रा र ३६ जना छात्र अनुपस्थित रहेका हुन् । ७७ जनामध्ये १९ जना हाजिरी नपुगेको लगायत कारणले अयोग्य थिए ।
जिल्लामा २ हजार ८२ जना छात्रा र १ हजार ८०२ जना छात्र सहभागी भएका छन् । जिल्लाभर शान्तिपूर्ण वातावरणमा पहिलो दिनको परीक्षा सकिएको कार्यालयले जनाएको छ ।