प्रमिशा बिक
लमजुङ । लमजुङको बेसिशहरमा जलवायु परिवर्तन अनुकुलन तथा जैविक विविधता संरक्षण तालिम संचालन भएको छ । मनाङको नासो गाउँपालिका, लमजुङको राइनास नगरपालिका, तनहुँको भानु नगरपालिका र व्यासनगरपालिकाका पदाधिकारीहरूका लागी तालिम संचालन भएको हो ।

यूएसएआईडि जल जंगल चितवन– अन्नपूर्ण भूपरिधि पोखराको आयोजनामा सुरु गरिएको तीन दिने तालिमको भानु नगरपालिकाका उप-मेयर उमा गोतामे, राइनास नगरपालिकाका उप-मेयर पुष्पराज खनाल, वन डिभिजन कार्यालय लमजुङका प्रमुख दीपकप्रसाद पण्डितले संयुक्त रूपमा गमलामा पानी राखि उदघाटन गर्नुभएको थियो ।

आयोजक संस्थाका ल्याण्डस्केप टिम लिडर मानबहादुर विकले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै तालिमको उदेश्य बारेमा संंक्षिप्त जानकारी गराउनुभएको थियो ।

युएसएआइडिका सोहनलाल श्रेष्ठ, रेविका गुरुङ, सोभित कोइराला, मानबहादुर बिकले तालिममा सहजिकरण गरेका गर्नुभएको छ । आयोजक संस्थाका अनुगमन मुल्यांकन शाखाका प्रमुख किरण न्यौपानेका अनुसार मनाङ, तनहुँ र लमजुङ जिल्ला स्थित चार पालिकाका उपमेयर, उपाध्यक्ष, कार्यपालिकाका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत सहितका अधिकृत एवम् पालिकामा रहेको शाखाका प्रमुख कर्मचारीहरू गरि प्रति पालिका सातजनाका दरले र सञ्चारकर्मी सहित ३० जनाले सो तालिममा भाग लिएको बताउनुभयो ।

तालिममा जलवायु परिवर्तन असर तथा प्रभावहरूका बारेमा प्रकाश पारिएको थियोे । त्यसैगरी उक्त अवसरमा जलवायु परिवर्तन असर तथा प्रभावहरू के कसरी कम गर्न सकिन्छ भन्ने बारेमा पनि समूहगत छलफल गरी निचोड प्रस्तुत गर्न लगाइएको थियो ।

यो तालिम स्थानीय तहको योजना निर्माणको बेला समेत भएको हुँदा यो विषयमा पनि स्थानीय सरकारले आफ्नो योजनामा समावेश गर्ने र सहकार्यको लागि सहज वातावरण बन्न सकोस भन्ने यो तालिमको लक्ष्य हो कार्यक्रमका संयोजक एवम् अध्यक्ष मानबहादुर बिकले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय