चक्र चन्द
दोहा । प्युठान सेवा समाज दोहा कतारको आठौं अधिबेशन सम्पन्न भएको छ । शुक्रबार कतारको सनैयाँ स्थित लालिगुँरास रेष्टुरेन्टको सभा हलमा विविध कार्यक्रमको आयोजना गरि आठौं अधिबेशन सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अथिती लुम्बिनी प्रदेश समन्वयन परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुँरागाइले आफू विगत लामो समय देखि प्रवासमा रहेका प्युठानी दाजुभाइ दिदिबहिनीहरु सँग हर सुखदुःखमा सहकार्य गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनहरूमा पनि सँगै रहेर सहकार्य एकताका साथ मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्युठानिहरु मेहनती, निडर र ईमानदार हुने भन्दै प्युठान सेवा समाज कतारले सामाजिक क्षेत्रमा गरेका कामहरुको खुलेर प्रशंसा गर्नुभयो । बिदेशमा मजदुरी गर्ने नेपालीहरु कार्य स्थलमा अफ्ट्यारोमा परेको बेला सहयोग उद्घार र ब्यवस्थापनमा समन्वय गर्ने कार्य गर्दै आएकोले प्युठान सेवा समाज दोहा कतार अझै मजबुत बन्दै जानेमा पूर्ण विश्वास लिएको उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा व्यावसायि तथा समाजसेवी क्रान्ति सिँहले प्युठानिहरु अन्य जिल्लाको तुलनामा बत्यस्तै कार्यक्रममा व्यावसायि तथा समाजसेवी क्रान्ति सिँहले प्युठानिहरु अन्य जिल्लाको तुलनामा बढी सचेत र जागरुप रहेको बताउनुभयो ।

 

आठौं अधिवेशनले सिताराम सुनारको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन

शुक्रबार कतारको सनैयाँ स्थित लालिगुँरास रेष्टुरेन्टको सभा हलमा भएको आठौं अधिबेशनबाट सिताराम सुनारको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

अधिबेशनको बन्दसत्रले वरिष्ठ उपाध्यक्षमा समुन्द्र खड्का, उपाध्यक्ष रबिलाल सुनार, महासचिव टंक प्रसाद पोख्रेल, सचीव भोज पुन, कोषाध्यक्ष सुनिल कुमार परिवार, सह-कोषाध्यक्ष रुमान सिँह लाई निर्विरोध निर्वाचित गरेको छ।

त्यस्तै सदस्यहरुमा पार्वता केसी, सारदा भण्डारी, शिशिर भण्डारी, हरि खत्री, रमेश जिसी, चन्द्र सुनार, वीर बहादुर एम सि, हरि कुँवर, अर्जुन खड्का, बलबहादुर कुँवर,भेषराज जिसी र शकुर जास्मी निर्वाचित हुनुभएको छ।

संस्थाका अध्यक्ष केसर बहादुर केसीको अध्यक्षतामा भएको अधिबेशनमा लुम्बिनी प्रदेश समन्वयन परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुरागाइँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश समन्वयन परिषद कतारका अध्यक्ष डिल्लिराम भट्टराई, निवर्तमान अध्यक्ष बुद्ध पाण्डे, महिला समाज कतारका महासचीव मेनुका खतिवडा, व्यावसायि तथा समाजसेवी क्रान्ति सिँह, सामाजसेवी के.बि. हमाल, समाजसेवी बसन्तराज पुरी, व्यावसायि दिपजंग शाह लगायतको उपस्थिति रहेको कार्यक्रममा विभिन्न जिल्ला संस्थाका प्रतिनिधि,पत्रकार तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

प्युठान सेवा समाज कतारका उपाध्यक्ष समुन्द्र खड्काको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अधिबेशनको पुर्ण सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

संस्थाको वृहतर हितमा सुरुवात देखि नै महत्त्वपूर्ण योगदान र भुमिका निर्वाह गरि सहयोग गरेको भन्दै सोही अवसरमा लुम्बिनी प्रदेश समन्वयन परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुँरागाइलाई संमान समेत गरिएको थियोे ।

प्युठान सेवा समाज दोहा कतारमा “प्युठानिहरुको एकता, मिलिजुली र सहकार्यको आवस्यकता” भन्ने मुल उदेश्यको बोकेर सन २००९ मा दोहामा प्युठानीहरुको पहल्मा स्थापना गरिएको थियो । कार्यक्रममा गायक बिजय भट्टराईले साँगितिक प्रस्तुति मार्फत सबैलाई रमाइलो प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय