प्यूठान । प्रथम झिमरुक गाउँपालिका स्तरीय किशोरकिशोरी सम्मेलन सम्पन्न भएको छ । सोमबार “किशोरकिशोरी मैत्री स्थानीय सरकार, सुनिश्चित भविष्यको शुरुवात” भन्ने मुल नारा सहित प्रथम सम्मेलन गरिएको हो ।

कार्यक्रममा झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले किशोरकिशोरीहरु देशको महत्त्वपूर्ण पुजि भएकोले बालबालिकाको चौतर्फी बिकासमा लगानीको दायरा फराकिलो बनाउदै असल नगरीक निर्माणमा जुट्नुपर्ने बताउनुभयो । राज्यले लगानी गरेरमात्र नपुग्ने भन्दै स्वयं किशोरकिशोरीहरुले पनि आफुलाई सृजनशिल बनाउदै आफ्ना हकअधिकार स्थापित गर्न तर्फ चनाखो हुनुपर्ने बताउनुभयो। सम्मेलनमा किशोरकिशोरीले उठाएका समस्या तथा सवालमा स्थानीय सरकार जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले किशोरकिशोरीहरु पछिल्लो समय विभिन्न कुलतमा फस्दै गएकोले सचेत रहन आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेलले बालबालिकाका कतिपय समस्या निराकरणमा अभिभावक, समुदाय सरकारको शाझा दायित्व भएकोले सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । सरकारले लगानी बढाउने हो अभिभावकले उनिहरुको सकारात्मक बाताबरण तयार गर्ने र बालबालिकाले आफ्नो जिम्मेवारी र कर्तव्य बुझेर अगाडि बढ्नुपर्ने बताउनुभयो । बालबालिकाले आफुलाई जहिलेपनी राम्रो काममा अभिप्रेरित गर्न आग्रह गर्नुभयो । विद्यालयमा किशोरकिशोरीहरुको सृजना, क्षमता विकास गर्न अनुशासन भएर लाग्नुपर्ने बताउनुभयो । किशोरकिशोरीहरुको क्षमता पहिचान गर्न सृजनात्मक क्रियाकलापले थप मद्दत गर्ने भएकोले अभिभावक र बिद्यालयले त्यस तर्फ ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

१३ बुँदे घोषणा–पत्र जारी

किशोरकिशोरी सम्मेलनले १३ बुँदे घोषणा–पत्र जारी गरेको छ । पाँच वर्षभित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने, किशोरकिशोरीमैत्री निती, युवा निती कार्यान्वयन गर्ने लगायतका विभिन्न विषयहरु समेटिएको घोषणा–पत्रमा पालिकाका जनप्रतिनिधिले प्रतिबद्धताका लागि हस्ताक्षर समेत गर्नुभएको छ ।

झिमरुक गाउँपालिका स्तरी श्रीजनशिल महिला युवा क्लब र झिमरुक युवा क्लवको आयोजना गरेको सम्मेलनमा पालिका भित्रका वडा बस्तिबाट प्रतिनिधित्व हुने गरी युवायुवतीहरु सहभागी भएका थिए । उनीहरुले मच्छी बजारमा र्याली सहित किशोरकिशोरीसँग सम्वन्धित गीत, नृत्य, कविता प्रस्तुत गरेका थिए ।

युएसएआईडी किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्र्तगत केयर नेपाल, एचडीआई, जपाईगो, आयोन नेपाल, सिआरएस कम्पनी र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको समन्वय तथा सहकार्यमा कार्यक्रम गरिएको हो ।

युएसएआइडी एआरएच(USAID ARH)कार्यक्रमका कार्यक्रम अधिकृत ऋषि न्यौपाने, माधब खनाल र युवा सहजकर्ता एकराज गाैतमले बालबालिकाको वर्तमान अवस्था र कार्यक्रमको औचित्य बारे प्रष्ट पार्नुभएको थियो। उहाँहरुले देशमा असल र दक्ष नागरिक उत्पादनमा सरकारले अधिकतम पर्यास गर्दै सभ्य र विभेद रहित समाज निर्माण गर्न बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

झिमरुक गाउँपालिकाको आयोजना र युएसएआइडी एआरएच (USAID ARH) कार्यक्रमको समन्वय तथा सहकार्यमा बालविवाह न्यूनीकरण सम्बन्धि प्रथम गाउँपालिका स्तरीय किशोरकिशोरी सम्मेलनको सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल विशेष अथित्यता रहेको थियो । महिला बालबालिका शाखाका शाखा प्रमुख यामलाल पोख्रेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा गाउँपालिकाका ८ वटै वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्य, शाखा प्रमुखहरु, युवा तथा किशोरकिशोरी, युवा क्लबका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।

भेलाबाट संगिता जिसीको संयोजकत्वमा २५ सदस्यीय पालिका स्तरीय समिति गठन गरिएको युवा सहजकर्ता एकराज गाैतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय