
प्युठान । जिल्लामा कम्प्युटर एसोसिएसन नेपाल प्युठान शाखाले दुई वर्षे कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बाग्दुलामा बसेको कम्प्युटर एसोसिएसन नेपाल जिल्ला शाखा प्युठानको बैठकले शाखाको दुई वर्षीय कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो ।
क्यान जिल्ला शाखाले कार्ययोजना निर्माणको लागि ड्राफ्ट तयार गर्न शाखाका अध्यक्ष एकराज बुढाथोकीको नेतृत्वमा उपसमिति गठन गरिएको शाखाकी सहसचिव कमला सुनारले जानकारी दिनुभयो । यो समितिले तिनदिन भित्र कार्ययोजनाको ड्राफ्ट तयारको काम गर्ने छ । तयार गरिएको ड्राफ्टलाई अन्तिम रुपदिन जिल्ला शाखाको बैठकले अनुमोदन गरेपछि कार्ययोजनाले पुर्णता पाउने उहाँले बताउनुभयो ।
कम्प्युटर एसोसिएसन नेपाल, जिल्ला शाखा प्युठानले नयाँ सदस्यता वितरण गर्ने, नवीकरण गर्ने, शाखालाई सुदृढीकरण गर्ने, समेत निर्णय गरेको शाखाले जनाएको छ ।
त्यस्तै पछिल्लो समय पढ्दै गएको साइबर क्राइम र सामाजिक संजालको दुरुपयोगबाट कसरी सावधानी हुने बिषयमा जिल्लामा अन्तरक्रिया गर्ने समेत निर्णय भएको शाखा अध्यक्ष एकराज बुढाथोकीले जानकारी दिनुभयो । क्यान जिल्ला शाखालाई थप व्यवस्थित गर्दै लैजाने र थप सुदृढीकरणका गर्ने अभियानमा लाग्न सबैलाई शाखामा आबद्ध सदस्यहरुलाई उहाँले आग्रह गर्नुभयो । फाइल फोटो :