प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत शाकुन्तला अर्याललाई कार्यालयमा स्वागत गरिएको छ। शुक्रबार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नेगरी सरुवा भइ आउनुभएकी अर्याललाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, वडा अध्यक्ष सहित कर्मचारीहरूले फूलमालासहित स्वागत गर्दै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

नयाँ प्रशासकीय अधिकृत अर्याललाई स्वागत गर्दै अध्यक्ष महतरा क्षेत्रीले नयाँ जोसजागर सँगसँगै सबैसँग सहकार्य, समन्वय गरेर गाउँपालिकाको सेवा प्रवाह, सुशासन र समग्र विकासलाई नविनतम ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

पालिकाको हितको लागि यहाँको आवश्यकताका आधारमा निर्णय लिदै स्रोत साधनको समेत अधिकतम उपयोग गर्दै अगाडि बढ्न समेत सुझाव दिनुभयो । सुशासनलाई सुदृढ गर्दै जनमैत्री प्रशासन र कार्यमा पूर्ण प्रतिबद्धता भएर काम गर्नुपर्ने आवश्यकता रहेकोले निडर भएर काम गर्न सुझाउनुभयो। झिमरुकले पहिलोपटक महिला प्रशासकीय अधिकृत पाएका छौं ।यो खुशीको कुरो हो, उहाँले भन्नुभयो, “तपाईंकै नेतृत्वमा गाउँपालिकाले थप उत्कृष्टता हासिल गर्दै अगाडि बढ्ने छ भन्ने अपेक्षा गरेका छौं ।” त्यसको लागि आफ्नोतर्फबाट समेत रचनात्मक र समन्वयात्मक कार्यशैलीलाई प्रवर्द्धन गर्दै अगाडि बढ्ने प्रतिबद्धता सनेत व्यक्त गर्नुभयो ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अर्यालले गाउँपालिकाको समृद्धि र विकासका लागि सबै पक्षसँग आवश्यक सहयोग र समन्वय गर्दै राज्यले दिएको जिम्मेवारी निष्पक्षता, इमानदारिता र मिहिनेतका साथ कानुनको परिधिभित्र रहेर दैनिक सेवा प्रवाहमा काम प्रतिबद्धता जनाउनुभयो ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापा सरुवा भइ जिल्ला प्रशासन कार्यालय प्युठानमा जानुभएकोले मन्त्रालयले कार्यालयमा रहेको सिनियर अधिकृत मध्येबाट कामकाज गर्ने गरि स्वास्थ्य शाखा प्रमुख अधिकृत छैटौं विकास केसीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । उहाँले करिब ४ महिना राज्यले दिएको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्नुभएको छ ।

नयाँ प्रशासकीय अधिकृत अर्याल मन्त्रालयबाट सरुवा भई झिमरुक गाउँपालिकामा कार्यभार सम्हाल्न आउनुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय