प्यूठान । जिल्लाको प्यूठान नगरपालिका-३ सापडाडाका अति बिपन्न तथा शारीरिक रुपमा अशक्त दिलिप सुनारलाई वडा कार्यालयले घरमै पुगेर नागरिकता प्रदान गरेको छ । वडा कार्यालयको सिफारिस र पहलमा जिल्ला प्रशासन कार्यालय प्यूठानको टोलीले सुनारलाई घरमै पुगेर नागरिकता प्रदान गरेको हो । उहाँ १७ वर्षको हुनुभयो । २०६५ साल असार १९ गते सुनारको जन्म भएको थियो ।
अशक्त व्यक्तिको घरमै पुगेर नागरिकता प्रदान गरेको भन्दै दिलिपका आमा कलि सुनार सहित स्थानीय नागरिकले वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय प्यूठानलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् ।
वडा कार्यालयले अशक्तको गाउँबस्ती मै पुगेर नागरिक लगायत सेवा प्रारम्भ गरिएको वडा अध्यक्ष सुमन राज श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले बस्तिमै पुगेर दिन लागिएको अभियानले स्थानीय जनतालाई राहत पुग्ने अपेक्षा वडा कार्यालयले लिएको बताउनुभयो ।



S.K. Creative Media Group