प्यार अलि खान
सरुमारानी । रानीबास बगरमा पूर्वाधार विकास गरिने भएको छ ।सरुमारानी -२ मा रहेको रानीबास बगर खेल मैदानमा रहेको गुरुङ ल्होसार मञ्चको पुनः निर्माण, शौचालय तथा खानेपानीको प्रबन्ध गरिने भएको छ।
गाउँपालिकाले गुरुयोजना तयार गरि रानीबास बगरलाई व्यवस्थित खेल मैदानको रूपमा विकास गर्दै जाने योजना रहेको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताउनुभयो।
‘डिपिआर तयार गरी क्रमागत ढंगबाट यस क्षेत्रको विकास गर्नेछौं।’ विश्वकर्माले भन्नुभयो, “आन्तरिक पर्यटन प्रबर्द्धनका लागि हामी योजना बनाउँदै अघि बढ्दैछौं।”

यहाँ खेलकुद प्रतियोगिता अवलोकनको लागि प्याराफिट, वनभोजको लागि प्रतिक्षालय, सेड हाउस, कुर्सीहरु लगायत अन्य भौतिक पूर्वाधारका संरचनाहरु बनाउने गाउँपालिकाले योजना बनाएको अध्यक्ष विश्वकर्माले सुनाउनुभयो।
यहाँ बर्सेनि पुस १५ मा भब्य ल्होसार मेला लाग्ने गर्दछ साथै यस बगर क्षेत्रमा विभिन्न खेलकुद प्रतियोगिताहरु समेत आयोजना हुँदै आएका छन्।



S.K. Creative Media Group