प्युठान । प्युठानको गौमुखी गुफामा लाग्ने माघी मेलामा मदिरा जन्य पदार्थमा रोक लगाएको छ । गौमुखी गाउँपालिकाको वडा नम्बर २ मा रहेको प्रसिद्ध धार्मिक स्थल गौमुखी गुफामा लाग्ने माधि मेलाको दिन सो क्षेत्रमा मदिरा जन्य पदार्थको बिक्रीवितरण गर्न रोक लगाइएको हो ।
गौमुखीको प्रसिद्ध धार्मिक स्थल गौमुखी गुफामा माधि मेलाको दिन लाग्ने मेलालाई शान्तिपूर्ण, सभ्य, सुरक्षित र मर्यादित तवरले सम्पन्न गर्नका लागि पुष २९ र माघ १ गते सम्म मेला लाग्ने स्थान वरपर मदिराजन्य पदार्थको बिक्रि वितरण, ओसार पसार र उपभोगमा निषेध गरिएको गाउँपालिकाले सूचना जारी गर्दै जानकारी गराएको छ ।
उक्त दिन कुनै व्यक्ति वा समुहबाट मदिराजन्य पदार्थमा विक्रि वितरण, ओसार-पसार र प्रयोग गरेको पाइएमा कानून अनुसार कारबाहि हुने समेत गाउँपालिकाले जनाएको छ। सम्बन्धित सबै तिर्थालु, भक्तजन, सरोकारवाला एवम् सम्पुर्ण सर्वसाधारणको जानकारीको लागि यो सूचना मार्फत जानकारी गराइएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो ।
माघी पर्वको अवसरमा गौमुखी गुफामा मेला हेर्न जिल्ला तथा जिल्ला बाहिरका हजारौं तिर्थालुहरु गौमुखी पुग्ने गर्छन् । उक्त दिन सो क्षेत्रमा गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरिन्छ। यसपटक पनि विविध कार्यक्रमको आयोजना गरि मनाउने तयारी भैरहेको पालिकाले जनाएको छ । गौमुखिको गुफाबाट निस्केको पानीमा गएर नुहाउनाले मनकामना पूरा हुने जन विश्वास रहेको छ । माघिको अघिल्लो दिनको राती देखिनै गौमुखिको गुफाबाट निस्केको पानीमा नुहाउने तिर्थालुहरुको घुइँचो लाग्ने गर्दछ ।