प्युठान । गौमुखी गाउँपालिका-२ का स्थानीय समाजसेवी रमेश बुढा निशेलले आफ्नो हजुरबुबा र बुबाको स्मृतिमा प्रवेशद्वार तथा चौपारी निर्माण गर्नुभएको छ । हजुरबुबा हरिभान निशेल, हजुरआमा नन्दकली बुढा र बुवा चिन्तामणी बुढा निशेलको स्मृतिमा प्रवेशद्वार र चौपारी निर्माण गर्नुभएको हो ।

माघे सक्रान्तिको अवसरमा आइतबार गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी र उपाध्यक्ष महाबिर रानाले उदघाटन गर्नुभएको छ । सो स्मृतिमा नि:शुल्क मिनि म्याराथुन दौड प्रतियोगिता समेत आयोजना गरिएको थियोे ।

जिल्लामा पर्यटकीय तिर्थस्थलका हिसाबले स्वर्गद्धारी पछिको दोस्रो ठुलो तीर्थस्थल गौमुखी मानिन्छ । गौमुखीमा दर्शन तथा स्नान गर्न माघिमा घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय