प्युठान । साहित्य परिषद प्यूठानले जिल्लाका ६ जना साहित्यक
स्रष्टालाई सम्मान गरेको छ । २९ औं स्थापना दिवसको अवसरमा स्रष्टालाई सम्मान गरिएको हो ।
भुपेन्द्र स्मृति साहित्य पुरस्कार बाल साहित्यकार बिजय राज आचार्य, ठईदेवी साहित्य पुरस्कार लेखक सुशील पोखरेल, मीना साहित्य पुरस्कार साहित्यकार सीता वि.क.लाई सम्मान गरिएको छ ।
त्यसैगरी, कप्तान नरमिला स्मृति पुरस्कार साहित्यकार रामप्रसाद पोखरेल, भुपेन्द्र स्मृति साहित्य पुरस्कार साहित्यकार एवं लेखक शशिधर भण्डारी र नवप्रतिभा साहित्य पुरस्कार साहित्यकार लोकेन्द्र जि.सी. लाई प्रदान गरिएको छ ।
साहित्य परिषद प्युठानकी कार्यबाहक अध्यक्ष विमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य निमा गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।