
प्युठान । जिल्ला अस्पताल प्युठान परिसरमा सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार अखिल क्रान्तिकारीले जिल्ला अस्पताल हाताभित्र रहेका फोहोरलाई संकलन गरेर हटाउने कार्यक्रमलाई तिब्रता दिएको हो ।
अस्पताल परिसरमा रहेका झारपात, जथाभावी फालिएका प्लाष्टिकका टुक्राहरु, अस्पताल आसपास रहेका बुट्यानहरुको फडानी गरेर सरसफाइ कार्य गरेको संगठनले जनाएको छ।
वातावरणिय सरसफाई मानिसको लागि अत्यावश्यक भएको भन्दै अखिल क्रान्तिकारीले यो कार्यक्रम सुरु गरेको बताएको छ । जिल्ला अस्पताल परिसरमा भएको फोहोरले बिरामी तथा बाताबरणमा प्रतिकुल असर गर्न सक्ने भन्दै सरसफाइ कार्यक्रमलाई अभियानको रुपमा चलाउन लागिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माले जानकारी दिनुभयो।
सरसफाइ अभियानमा पार्टीका नेता कार्यकर्ता, विद्यार्थी अगुवा, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरु पत्रकार लगायतको उपस्थितिमा अस्पताल परिसरमा सरसफाइ गरिएको प्युठान नगरपालिकाका नगर प्रवक्ता सुमन श्रेष्ठले जानकारी दिनुभयो।
सरसफाई कार्यक्रममा जिल्ला अस्पताल प्यूठानले अक्सिजन सिलिन्डरको लागि ट्रलीको आवश्यकता रहेको अस्पताल प्रशासनले जानकारी गराएको थियो । त्यसको लागि स्थानीय सरकारले ब्यवस्थापनको लागि पहल गर्ने प्यूठान नगरपालिकाका नगरप्रवक्ता सुमन श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो। यो कार्यक्रमलाई निरन्तरता दिने अखिल क्रान्तिकारीले जानकारी दिएको छ ।