प्यूठान । मुक्ति माध्यमिक बिद्यालयमा अध्ययनरत अनाथ बालबालिकालाई पोशाक वितरण गरिएको छ । प्यूठान नगरपालिकाले बिद्यालयमा रहेको “अनाथ बालबालिकाहरुका लागी आवासीय सहित शिक्षा” कार्यक्रम अन्तरगत मेयर कोष मार्फत पोसाक हस्तान्तरण गरिएको हो । नगरपालिकाले अभिभावक बिहिन बालबालिकालाई नि:शुल्क आवासिय सुबिधा सहित १ देखि १२ कक्षासम्मको शिक्षा प्रदान गर्दै आएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयको छात्रावासमा रहेका २७ जना अनाथ बालबालिकालाई १ जोर विद्यालय पोशाक र १ जोर न्यानो कपडा वितरण गरिएको नगर प्रमुख बिष्णु बहादुर योगिले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीलाई २/२ जोर न्यानो पोशाक हस्तान्तरण गरिएको बताउनुभयो । अनाथ बालबालिकालाई चिसोमा केही राहत होस भनेर पोशाक र न्यानो कपडा वितरण गरिएको नगर प्रमुख योगिले जानकारी दिनुभयो । अनाथ बालबालिकाहरुका लागी पोसाक दिने प्रतिबद्धता गरे अनुसार वितरण गरिएमो उहाँले बताउनुभयो ।
नगरपालिकाले यस शैक्षिकसत्र देखि नगरमा रहेका बाबुआमा तथा कुनै अभिभावक नभएका अनाथ बालबालिकालाई अध्यायन गराउदै आएको छ । अनाथ बालबालिकालाई खान, बस्न, पोशाक, किताब, औषधि उपचार, सबै प्रबन्ध मिलाएको नगर प्रमुख योगिले जानकारी दिनुभयो ।
बिद्यालयको होस्टेल ब्यबस्थापन समितिका अध्यक्ष बेद प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका नगर प्रमुख बिष्णु योगि, उपप्रमुख देबेन्द्र बर्मा, नगर प्रवक्ता सुमन श्रेष्ठ, बिद्यालयका प्रधानाध्यापक दामोदर बिष्ट, शिक्षक, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो । चिसोमा अनाथ बालबालिकाले न्यानो कपडा पाउँदा खुशी भएका थिए ।