प्यूठान । समाजमा मानवअधिकार संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले एम्नेस्टी इन्टरनेसनल नेपाल समुह-३६ प्युठानले “मानवअधिकार शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम” संचालन गरेको छ ।

ग्रासरूट तहमा बालबालिका र युवा लगायत बढी भन्दा बढी व्यक्तिहरूलाई मानवअधिकारका विषयवस्तुहरूमा साक्षात्कार गराउन एम्नेष्टी प्युठानले अभिमुखिकरण गरेको हो ।

भानुभक्त माबिमा मानवअधिकारसम्बन्धी ज्ञान र चेतना अभिवृद्धिका कक्षाहरू संचालन गरीएको संयोजक कल्पना खड्काले जानकारी दिनुभयो ।

अभिमुखिकरण कार्यक्रमको सहजीकरण एम्नेष्टी इन्टरनेसनल नेपालका पुर्व उपाध्यक्ष पार्वता आचार्यले गर्नुभएको थियो । कार्यक्रम संचालन गर्न मल्लरानी गाउँपालिकाले सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय