प्यूठान । गौमुखी गाउँपालिका वडा नम्बर ५ ले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। गौमुखी-५, खुङ्गले एक माध्यमिक बिद्यालय र ७ प्राथमिक बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो ट्रयाकसुट वितरण गरिएको हो ।

चालू आर्थिक वर्षको लागि वडाबाट बिनियोजित ५ लाख बजेटबाट वडामा भएका सबै बिद्यालयना अध्यनरत ६ सय १७ जना विद्यार्थीहरुलाई एक एक जोर ट्रयाकसुट हस्तान्तरण गरिएको गौमुखी-५,का वडा अध्यक्ष बरुण ध्वज मल्लले जानकारी दिनुभयो। चिसोमा विद्यार्थीलाई राहत होस भनेर न्यानो कपडा वितरण गर्ने योजना गरेको अध्यक्ष मल्लले बताउनुभयो ।

वडा नम्बर ५ को खुङ्ग्मा रहेका शिशु प्राबिमा ११४ थान, जनसहयोगी प्राबी २४०, परिवर्तन बालबिकास प्राबी २१, गृह प्राबी २१, जनता प्राबी ७५, भानु प्राबी ७७ र पुर्ण प्राबिमा ६९ गरि जम्मा ६ सय १७ थान न्यानो ट्रयाकसुट हस्तान्तरण गरिएको वडा अध्यक्ष मल्लले बताउनुभयो ।

जाडोमा वडा कार्यालयले न्यानो कपडा दिएपछि विद्यार्थी हौसिएका छन् । शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट ब्यवस्था गरेको अध्यक्ष मल्लले बताउनुभयो । न्यानो कपडा खरिद गाउँपालिकाको खरिद शाखाले गरेर वडा कार्यालयलाई वितरण गर्न जिम्मा दिएको मल्लले जानकारी दिनुभयो । वडा कार्यालयको टिम सबै बिद्यालयमा पुगेर वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय