प्युठान । प्युठानको गौमुखी गाउँपालिकाले आफ्नो गाउँ आफै बनाउँने अभियानलाई निरन्तरता दिदैं आएको छ। प्रत्येक शनिबार गौमुखी-५, खुङ्गले आफ्नो क्षेत्रमा पर्ने सडक, घोडेटोबाटो, पाटी पौवा खानेपानी लगाएताका भौतिक संरचनामा जनताको उपस्थितिमा मर्मत गर्ने कार्यलाई तिब्रता दिएको हो ।

आज शनिबार ठुलाबेसि-टुनिपाटा मोटर बाटो र टुनिपाटा जङ्गल हुँदै गाउँ जाने गोरेटोबाटोको मर्मत गर्न लागिएको गौमुखी-५,का वडा अध्यक्ष बरुण ध्वज मल्लले जानकारी दिनुभयो । जनश्रमदान कार्यक्रममा जनप्रतिनिधि स्थानीय तथा विभिन्न पार्टीका नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको अध्यक्ष मल्लले बताउनुभयो ।

पछिल्लो समय गाउँ तहमा जनश्रमदान गर्ने परिपाटी कमजोर भैरहेको बेला जिल्लामा केही स्थानीय तहहरुको यो अभियानले जनतामा सकारात्मक सन्देश दिएको स्थानीय तहका जानकारहरु बताउछन् । स्थानीय तहले उपभोक्ता समिति मार्फत संचालन गरिने योजना तथा कार्यक्रममा कम्तीमा १० प्रतिशत जनश्रमदान अनिवार्य गर्नुपर्ने ब्यवस्था गरेको छ ।

जिल्लाका गाउँ तहमा जनश्रमदानलाई थप उत्साह ल्याउन भन्दै राजमो लुम्विनिका नेता बाशु पोख्रेल, उद्योग वाणिज्य संघ लुम्बिनिका सदस्य ज्ञामुराम न्यौपाने, नेकपा (एमाले) गौमुखीका अधय्क्ष जुमान जिसी, नेकपा माओबादी केन्द्र गौमुखीका उपाध्यक्ष अर्जुन न्यौपाने, राजमो गौमुखीका अधय्क्ष जनक के सी, सामाजिक अभियन्ता रवि चन्द, स्वास्थ्यकर्मी केशव केसी स्थानीय जनता, जन स्वयंसेवक लगाएत उल्लेखनीय उपस्थिति रहेको थियो । स्थानीय तहका जनतालाई आफ्नो गाउँ आफै बनाउँ अभियानमा सहभागी भएर जनश्रमदानमा सरिक हुन वडाले सबैलाई अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय