प्यूठान । गौमुखी गाउँपालिकामा किबि खेतीको क्षेत्र बिस्तार गरिदै छ । हाल गौमुखि गाउँपालिका-३ रजवारामा राम्रो उत्पादन भइरहेको किबि खेतीलाई पालिकाको अन्य वडामा समेत बिस्तार गरिदै छ ।
वडा नम्बर ५ खुङले ५० प्रतिशत अनुदानमा किबिका बिरुवा वितरण गर्ने तयारी गरेको छ। वडाले आर्थिक वर्ष २०८०/०८१ को लागि स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा किबिका बिरुवा वितरण गर्न लागिएको जनाएको छ ।
बिरुवा लिनको लागि पालिकाले तोकेको ढाँचामा आवश्यकता प्रक्रिया सहित सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात यहीँ माघ २३ गतेसम्ममा वडाका किसानहरुले वडा कार्यालयमा निवेदन पेश गर्नुपर्ने वडाध्यक्ष वरुणध्वज मल्लले बताउनुभयो ।
निवेदनको लागि किसान वडामा आउदा निवेदन, नवीकरण भएको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी, जग्गा धनीपुर्जा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, दोहोरो अनुदान नलिएको स्व- घोषणा पत्र, अनिवार्य लिनपर्नेछ। यदि किबि खेती गर्ने जग्गा आफ्नो नाममा नभएर भाडामा लिएर खेती गर्न खोजिएको भए सम्बन्धित जग्गा धानी सँग सम्झौता पत्र अनिवार्य गरिएको छ ।
गौमुखी गाउँपालिका-५,ले किसानले स्थानीय रुपमा उत्पादन गरेका उत्पादित कृषि उपज बस्तुलाई उचित मुल्य र बजार व्यवस्थापनको लागि वडामै हाटबजार सन्चालन गर्दै आईरहेको छ ।
पालिकाले कृषिमा आत्मनिर्भर बनाउनने उदेश्यले यो कार्यक्रम किसानहरु माझ लैजान लागेको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो ।