प्यूठान । माण्डवी गाउँपालिकाले स्वास्थ्य नीति ऐन तथा कानुन निर्माण गर्न लागेको छ । त्यसका लागि पालिकाले २ दिने कार्यशाला गोष्ठी संचालन गरेको छ ।
गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोसन’ को अध्यक्षतामा रोल्पामा सुरु भएको गोष्ठीमा उपाध्यक्ष पुर्णप्रसाद कालाथोकी, बरिस्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डे, विशाल सुबेदी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे , वडा अध्यक्षहरु, शाखा प्रमुखहरू, स्वास्थ्यकर्मी लगायतको उपस्थिति छ ।
गोष्ठीको सहजीकरण वरिष्ठ जनस्वास्थ्य अधिकृतहरु हेमराज पाण्डे र विशाल सुबेदीले गर्नु भएको छ । प्रशासकीय अधिकृत प्रकाश पाण्डेले कार्यक्रमको उदेश्य सहित स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुब पोख्रेलले गर्नु भएको थियो ।