प्यूठान । विजय फूलवारी सहकारी संस्थाले बैकल्पिक उर्जा अन्तर्गत घरायसी बायाेग्याँस प्लान्टकाे बारेमा अभिमुखिकरण गरेको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई संस्थाले घरायसी बायाेग्याँस प्लान्टकाे बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा घरायसी बायाेग्याँस प्लान्टकाे बारेमा जानकारी, छलफल तथा प्रयाेगात्मक विधिकाे बारेमा प्राविधिक ललित यादवले सहजिकरण गर्नु भएकाे थियाे । सहकारीलाई जिआईजेडले बैकल्पिक उर्जा सम्बन्धि यस अघि अभिमुखिकरण गरेको थियो ।
संस्थाका अध्यक्ष नेत्रमणि आचार्यकाे अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य, सञ्चालक, सल्लाहकार, उपसमिति तथा कर्मचारीको सहभागिता थियो ।
सहभागीले घरायसी बायाेग्याँस प्लान्ट जडानका लागि राज्यले अनुदान दिएमा थप प्रभाबकारी हुने बताएका थिए ।