प्यूठान । प्यूठान नगरपालिका स्तरीय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि संचालन भएकाे छ । गणतान्त्रिक खेलकुद मैदान बिजुवारमा भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका उद्योग तथा यातायात ब्यबस्था मन्त्री सरोज थापा (रोज राणा) ले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा नगरपालिकाका ११ वटा सामुदायिक माध्यमिक विद्यालय र ३ वटा संस्थागत माध्यमिक विद्यालय गरि जम्मा १४ विद्यालयले भाग लिएका छन ।
प्रतियोगितामा भलिवल, कबडि, सटफुट, ज्याबलिङ थ्राे, १०० मिटर दाैड, २०० मिटर दाैड, ४०० मिटर दाैड, ८०० मिटर दाैड,१५०० मिटर दाैड,३००० मिटर दाैड, १०० ×४ रिले, ४००×४ रिले , हाई जम्प, लङ्ग जम्प, त्रिपलजम्प छात्र छात्रा गरि जम्मा ३० वटा खेलमा प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी जुडाे करातेका विभिन्न तौल समुहका बिच पनि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता २१ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।