माधव खनाल
अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका-२, स्थित ढाकावाङ्गको थापाडाडामा लु १ ज १६७९ नम्बरकाे देउराली यातायात ब्याबसायी प्रालि अर्घाखाँचीकाे जिप दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्। मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका-२, ढाकावाङ्ग मुलटंकि निवासी देवा वेल्वासे र सन्धिखर्क-८, खापडाडा निवासी डेमकला आचार्यको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

शनिवार बिहान करिब ६:३० बजे तिर ढाकावाङ्गबाट सन्धिखर्कका लागि छुटेको गाडि केही समय हिडेर
बिच बाटोमा गाडि न्यूटलमा स्टार्ट छाडेर डाइभर पसलमा गएको बेला गाडि दुर्घटना भएको गाडि करिब २०० मिटर तल झरेको स्थानीयले बताएका छन्। थप विवरण आउन बाकी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय