प्यूठान । जिल्लाकै पछिल्लो समयमा आकर्षक पर्यटकिय स्थलका रुपमा परिचित झुलेनी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्न नयाँ समिति गठन गरिएको छ । माधबराज भण्डारीको अध्यक्षतामा १५ सदस्यीय झुलेनी संरक्षण तथा पर्यटन बिकास समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्ष, बिष्णुप्रसाद भण्डारी, उपाध्यक्ष (महिला) साबित्रा पाेख्रेल, सचिब श्रीराम भण्डारी, सह-सचिब बसन्त प्रसाद भण्डारी, काेषाध्यक्ष गिरुप्रसाद भण्डारी रहनुभएको छ ।


त्यसैगरी सदस्यमा रामकृष्ण भण्डारी, दामाेदर भण्डारी, गिरिराज खनाल, नवीन पुनमगर, गिरिराज भण्डारी, शाेभाराम बुढाथोकी, सरस्वता भण्डारी, रेशमा वाग्ले र भगवता पाेख्रेल रहनुभएको छ ।

प्यूठान नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक तथा प्युठान नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र पुन मगर को प्रमुख आतिथ्यता र नौबहिनि गाउपालिका वडा नम्बर ८ का वडा सदस्य हुमलाल भण्डारीको विशेष आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमको संचालन धनेश्वर भन्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय