प्यूठान । झिमरुक गाउँपालिकाले मुख्य तथा आन्तरिक सडक छेउछाउ जथाभावी राखिएका निर्माण सामग्रीले दुर्घटना हुने भन्दै उक्त सामाग्री हटाउन सूचना जारी गरेको छ।बुधबार एक सूचना मार्फत यस्तो कार्य गर्न गराउन निशेध गरेको जनाएको हो । समयसीमा भित्र सडक छेउछाउ रहेका निर्माण सामग्री हटाउन अटेर गरे कानुन अनुसार कार्वाही हुने समेत सूचना मार्फत जानकारी गराएको छ।

आन्तरिक सडकमा अधाधिकृत रुपमा निर्माण सामाग्री (ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्ट तथा छड) पसलका ब्यापारिक सामाग्रीहरु पसल अगाडि राख्ने, झुण्डाउने, सडक छेउछाउमै सवारीसाधन मर्मत गर्ने, कार्यले सार्वजनिक आगमनलाई बाधा अवरोध र कठिनाइ हुने भएकोले यस्ता कार्य नगर्न नगाराउन भनेको छ ।

सडक आसपास राखिएका अवरोधले सडक दुर्घटना हुन सक्ने भन्दै सडक छेउछाउ निर्माण सामाग्री राख्ने, सवारीसाधन मर्मत गर्ने, पसल अगाडि सामाग्री झुण्डाएको अवस्थाले सडक बिगार्ने कार्य भएको पाइएकोले यस बिषयमा सम्बन्धित पक्ष सचेत भएर यसो नगर्न अनुरोध गरेको छ ।

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सडकमा आसपास निर्माण सामाग्रीहरु राख्नाले सवारीसाधनलाई आगमनमा कठिनाइ भएको र यसको कारण सडक दुर्घटना हुने भन्दै यस्ता सामाग्री हटाउन सम्बन्धित पक्षलाई जानकारी गराइएको बताउनुभयो । दुर्घटना हुने संभावना कम गर्न, बजार तथा सडक छेउछाउ अवरोध हटाई सुन्दर र सभ्य समाज निर्माणमा सबैको सहयोग आवस्यक रहेकोले यस बिषयमा सहयोग गर्न अध्यक्ष महतरा क्षेत्रीले सबैलाई अनुरोध गर्नुभयो।

सार्वजनिक सडकमा अनावश्यक रुपमा सामाग्री नराख्न र सडकमा राखिएका तथा थुपारिएका त्यस्ता निर्माण सामाग्रीहरु हटाउन गाउँपालिकाबासीलाई अध्यक्ष महतरा क्षेत्रीले आग्रह गर्नुभएको छ। पालिका भित्रका सबै अन्तरिक तथा मुख्य सडक छेउछाउ यस्ता सामाग्री सूचना प्रकाशित भएको मितिले १० दिन भित्र सडक आसपास थुपारिएको सामग्री हटाउन ब्यापारी निर्माण ब्यवसायी र सम्बन्धित पक्षलाई आग्रह गरेको छ । यस अधि प्युठान नगरपालिका र ऎरावती गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने मुख्य तथा आन्तरिक सडक एवम् बजार आसपास अनावश्यक रुपमा सामाग्री नराख्न भनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय