प्यूठान । अमर क्याम्पस प्यूठानको सञ्चालक समितिको अध्यक्षमा नेत्र बहादुर रोकाय बिजयी हुनुभएको छ । सोमबार सम्पन्न मत गणनामा रोकाले ३४ मत प्राप्त गरि बिजयी हुनुभएको हो ।
परतिस्पर्धी सुर्वण कुमार श्रेष्ठले २० मत पाउनुभएको छ । २ मत बदर भएको थियो । शनिवार मतदानको कार्यक्रम सकिए पनि बिबादका कारण आज मतगणना भएको थियो ।