कमल बि.क.
प्यूठान । विजय फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानले विरामीको स्वास्थ्य संस्थामा सहज पहुचको लागि २ वटा स्ट्रेचर हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी विजुवार उपशाखाको समन्वयमा संस्थाको सामुदायिक विकास कोष अन्तर्गत सामुदायिक कार्यक्रम मार्फत सडक सञ्जालबाट टाढा रहेका तथा विपन्न परिवारमा राहत हुने उद्देश्यले प्यूठान नगरपालिका ४ को ठुटेसिमल निवासी अस्मिता बि.क. र सेतीपोखरी निवासी अमर बराललाई स्ट्रेचर संस्थाको मुख्य कार्यालय जुम्रीमा मंगलबार हस्तान्तरण गरिएको हो ।

स्ट्रेचर हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष राधा पुलामी, प्यूठान नगरपालिकाका पुर्व नगर प्रमुख अर्जुन कुमार कक्षपति, संस्थाका सल्लाहकार लोक बहादुर बस्नेत, संस्थाका सहल्लाहकार तथा नेपाल रेडक्रस सोसाइटी प्यूठान शाखाका सभापति गुमानरजा पुलामी, विजुवार उपशाखाका लोकमणि भण्डारी, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक तथा जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशिल पोखरेल, व्यवस्थापक प्रकाश वैद्य तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर