मित्र थापा
गौमुखी । गौमुखी गाउँपालिकाको आयोजनामा गौमुखी गाउँपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापक तथा लेखापालको लागि एक दिने लेखा तथा जिन्सी व्यवस्थापन तालिम सम्पन्न भएको छ । विद्यालयमा आर्थिक तथा भौतिक पक्षको उचित व्यवस्थापन गर्नको लागि तालिम सञ्चालन गरिएको हो ।

गौमुखी गाउँपालिका अन्तर्गत ७ वटा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक र लेखापाल सहित अन्य निमावि र प्राविका प्रधानाध्यापकलाई तालिम दिइएको सूचना अधिकृत दुर्गा प्रसाद सुवेदीले जानकारी दिनुभयो । गाउँपालिका प्रमुख तुलसीराम पौडेल र कृषि प्राविधिक हुमलाल न्यौपानेले तालिमको सहजीकण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय