प्यूठान । जिल्लाको झिमरुक गाउँपालिकामा सामाजिक विपद जोखिम ब्यवस्थापन र अनुगमन तथा मुल्यांकन सम्बन्धि सीप हस्तान्तरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ। बिहिवार सहयोगी संस्था गोर्खा वेल्फेयर टष्ट नेपाल, उत्पादनशिल खानेपानी सरसफाइ तथा विपद तयारी कार्यक्रम अन्तर्गत सम्पन्न भएका आयोजनालाई थप प्रभावकारी बनाउनको लागि स्थानीय सरकार र उपभोक्ताहरुको अपनत्व बढाउने उदेश्यले यो कार्यशाला गोष्ठी आयोजना गरिएको हो।

झिमरुकमा गोर्खा वेल्फेयर टष्ट नेपालले निर्माण गरेका आयोजनाहरुको सामाजिक तथा प्राबिधिक बिषयमा जानकारी लिने, विपद जोखिम ब्यवस्थापनको अवस्था कस्तो छ र त्यसको समुचित ब्यवस्थापन कसरी गर्ने योजनाको अनुगमन तथा मुल्यांकनलाई थप प्रभावकारी कसरी बनाउने, थप कार्ययोजना तयारी र त्यसको कार्यान्वयनको बिषयमा कार्यशाला गोष्ठीमा छलफल गरिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो।

झिमरुक गाउँपालिकाले १०९ सानाठूला खानेपानी आयोजनाहरु कार्यान्वयनमा रहेको अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो । त्यसको लागि यस् चालु वर्षमा संचालित यी आयोजनाको लागि संघ, प्रदेश, स्थानीय सरकार र विभिन्न संघ संस्थाहरुको गरि ३ करोड बढी रकम बिनियोजन भएको उहाँले जानकारी दिनुभयो । २०३० सम्म दिगो बिकास लक्ष हासिल गर्न गोर्खा वेल्फेयर टष्ट नेपालले निर्माण गरेको आयोजना र अन्य आयोजना निर्माणले सहयोग पुगेको अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो ।

त्यस्तै गोर्खा वेल्फेयर टष्ट नेपालले निर्माण गरेको आयोजना सबै हिसाबले गुणस्तरीय र प्रविधिसँग सम्बन्धि भएको उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी गराउनुभयो । यो कार्यक्रमबाट निर्माण गरिएका आयोजना भरपर्दो टिकाउ भएकोले सबैले प्रबिधि सिको गर्नुपर्ने बताउनुभयो । स्वास्थ्यको लागि पनि सुरक्षित भएको उपाध्यक्ष पोख्रेलले बताउनुभयो ।

खानेपानीको मुहान देखि मुखसम्म स्वच्छ खानेपानी आपूर्ति गर्नको लागि निकै प्रबिधि युक्त संरचना निर्माण गरि सुरक्षित खानेपानी वितरण गरिएको वास संयोजक सित्तल आचार्यले जानकारी दिनुभयो ।

गोर्खा वेल्फेयर टष्ट नेपालले सन २०२१ देखि २०२४ को अहिलेसम्म १० वडा आयोजना सम्पन्न गरि समुदायलाई हस्ताक्षर गरिएको गोर्खा वेल्फेयर टष्ट नेपालका सामाजिक सुपरिवेक्षण दुर्गा कुमार लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार १० आयोजना निर्माण गर्न संस्थाको तर्फबाट करिब १ करोड ९२ लाख २३ हजार २ सय १४ रुपैया खर्च भएको जानकारी दिनुभयो । झिमरुकमा थप ३ वटा आयोजना कार्यान्वयनको लागि सम्झौता हुने तयारीमा रहेको जानकारी दिनुभयो ।

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही, विभिन्न शाखा प्रमुख जनप्रतिनिधि कर्मचारी लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण गोर्खा वेल्फेयर टष्ट नेपालका सामाजिक सुपरिवेक्षण दुर्गा कुमार लिम्बु र हेमकला लिम्बुले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय