प्यूठान । लायन्स क्लब अफ प्यूठान भित्रिकोटले प्यूठान अस्पताललाई प्रयोगशाला मेसिन प्रदान गरेको छ । क्लबले फुल्लि अटोमेटिक बायोकेमेस्ट्रिक एनालाईजर मेसिन १ थान र ईलेक्ट्रोलाईट सोडियम पोटासियम एनालाईजर मेसिन १ थान प्रदान गरेको हो ।

उक्त मेसिन एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य सूर्य थापाले अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य थापाले जिल्लाको अस्पतालको सेवालाई प्रभावकारी बनाउन क्लबले गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले अस्पतालको सेवा प्रबाहलाई चुस्त बनाउन समेत आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय