अर्घाखाँची । शितगंगा नगरपालिका-२ सितापुर सिमलचौरमा घरपोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर एकजना महिलाको मृत्यु भएको छ । भने एक जना महिला घाईते भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिनु भएको छ ।
घाइते महिलाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचार गरि भैरहवा रिफर गरिएको छ । मृत्य हुनेमा शितगंगा २ झिर्रा निवासी ४० वर्षिय सारदा अधिकारी रहेको प्रहरीले जनाएको छ । मृतक महिलाको शवलाई अहिले पोष्टमाटमका लागि ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
माटो खन्नका लागि स्थानीय छरछिमेकी सङ्गै ११ महिला सो स्थानमा पुगेका थिए माटोखन्ने क्रममा माटो खस्न थाले पछि केही महिला बाहिर निस्किएका थिए भने २ जना निस्कने क्रममै माथीबाट माटोको ढिस्को खसेको थियो । माटोले एक महिलालाई पुर्ण रुपमा र एक महिलालाई कम्बर देखि तल पुरिएको थियो । स्थानियहरु पुगेर ती महिलाहरुको उद्धार गरेका थिए ।