स्नेहा केसी

झिमरुक । झिमरुक गाउँपालिकाले स्थानीय किसानहरुको सूचीकरणका लागि गाउँगाउँमा गणक खाटाउने भएको छ । पालिकाले गणकहरुलाई तालिम दिएर किसानको घरमा कृषि गणनाको लागि पठाउने भएको हो ।

दुई दिने तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीले कृषि गणकहरुले वडा वडामा पुगेर वास्तविक किसानको यथार्थ विवरण तयार गर्नुपर्ने बताउनुभयो । गाउँ गाउँ पुगेर किसानको अवस्था के रहेछ भन्ने कुरो आएपछि किसानको खास माग र आवश्यकता के रहेछ अनुसन्धान पछि सोही अनुसार पालिकाले योजना बनाएर अगाडि बढ्ने अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो ।

मंगलबार झिमरुक गाउँपालिकाको सभाहलमा वडा वडामा कृषि गणनाको लागि छनोट भएका १३ जना कृषि गणकहरुलाई २ दिने तालिम दिन लागिएको गाउँपालिकाले जनाएको छ। झिमरुक गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/८१ को किसान सुचिकरण कार्यक्रम अन्तर्गत ८ वडा मध्य वडा नम्बर ४,५,७ र ८ को लागि कृषि गणना गर्ने तयारी गरेको कृषि शाखा प्रमुख टेक बहादुर बिकले जानकारी दिनुभयो ।

शाखा प्रमुख बिकका अनुसार यो कार्यक्रमबाट चालू आर्थिक वर्षमा करिब २ हजार ८ सय ८९ जना कृषकलाई किसान सूचीकरण कार्यक्रममा समेटिने लक्ष्य रहेको बताउनुभयो । गत आर्थिक वर्षमा वडा नम्बर १,२,३ र ६ नम्बर वडाका २ हजार ८ सय २४ जना किसानलाई सूचीकरण गरि यो कार्यक्रममा समाबेश गरिएको उहाँले जानकारी दिनुभयो । कृषि गणकहरुलाई दिन लागेको दुई दिने तालिमको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण कृषि शाखा प्रमुख टेक बहादुर बिक र कृषि अधिकृत तृसना जिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय